site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओलीको टोली घुर्मीतर्फ अघि बढ्यो, तीन पहिचानवादी पक्राउ, ४२ सय सुरक्षाकर्मी परिचालन

विराटनगर । नेकपा (एमाले)को संकल्पयात्रामा सहभागी हुन पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितको टोली सिन्धुलीको खुर्कोटबाट उदयपुरको घुर्मीका निम्ति हिँडेको छ । ढिलोमा आज मध्याह्न १२ बजे ओलीसहितको टोली हर्कपुरस्थित कार्यक्रमस्थलमा पुग्ने एमाले कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए ।

प्रदेश कमिटीका पदाधिकारी र अरू सहभागीले बहादुरेखोलामा अध्यक्ष ओलीलाई स्वागत गर्ने खतिवडाले बताए । उनले भने, “त्यसपछि घुर्मीको पारिपट्टि हर्कपुर, टोक्सेलमा सुनकोसी पुलनजिकैको मैदानमा सभा आयोजना हुनेछ ।”

wfgfg-1702358733.jpg

Dabur Nepal
NIC Asia

एमालेले यही मंसिर १४ गतेदेखि बैतडीको झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङसम्म जागरण अभियान सञ्चालन गरेको छ ।

एमालेका स्थायी कमिटी सदस्य एवं कोसी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले अध्यक्ष ओलीलाई स्वागत गर्न झाँकीसहितको तयारी रहेको बताए । उनले भने, “बहादुरेखोलामा स्वागत गरेपछि सभास्थलतर्फ गई कार्यक्रम सुरु गर्ने तयारी छ ।”

कोसी प्रदेशमा पहिचानवादी पक्षधरले आजदेखि नै मध्यपहाडी (पुष्पलाल) मार्गमा बन्द आह्वान गरेको छ । अध्यक्ष ओली, नेता योगेश भट्टराई, महेश बस्नेतसहित ८२ प्रदेशसभा सदस्यविरुद्ध आफूहरूको विरोध भएको उनीहरूले बताएका छन् ।

पहिचानवादीको विरोधसँगै घुर्मी क्षेत्रमा एकीकृत सुरक्षा योजना लागु गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सशस्त्र प्रहरी बलका दुई हजार ४०० र जनपदका दुई हजार ८०० नेपाल प्रहरी परिचालन गरिएको छ ।

“एकीकृत सुरक्षा अयोजनाअन्तर्गत सुरक्षा व्यवस्था चुस्त बनाइएको छ,” सशस्त्र प्रहरी बल बराह वाहिनी पकलीका डीआईजी अञ्जनी पोखरेलले भने ।

ewfdg-1702358818.jpg

पहिचान पक्षधरले एमालेको यात्राप्रति आफूहरूको विरोध नभएको भन्दै कोसी प्रदेशका सांसदसहित ओली, भट्टराई र एमाले नेता बस्नेतलाई भने सहभागी नगराउन चेतावनी दिँदै आएका छन् । पहिचान पक्षधरले मंगलबार मध्यपहाडी मार्गको घुर्मीदेखि र धनकुटाको लेघुवाघाटसम्म बन्द आह्वान गरी सांस्कृतिक अभियान सञ्चालन गर्ने घोषणा गरिएको छ ।

संकल्पयात्राको १३औँ दिनमा कोसी प्रदेश आइपुगेको अभियानले यहाँ ६६ किमि दूरी तय गर्नेछ । यसको प्रस्थान विन्दु रामेछापको मन्थली थियो । टोलीले घुर्मीमा खाना खाने र दिक्तेलमा बस्ने कार्यतालिका छ । सभा भने घुर्मीको हर्कपुरमा गरिनेछ ।

यसैबीच, कार्यक्रममा अवरोध गर्ने प्रयासमा रहेको आरोपमा तीन पहिचानवादीलाई प्रहरीले खोटाङको दिक्तेलबाट पक्राउ गरेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  ११:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro