site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सिरहामा ट्याक्टर पल्टँदा काका–भतिजाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
SkywellSkywell

सिरहा । सिरहाको औरही गाउँपालिका–२, तुलसीपुरमा ट्याक्टर पल्टँदा काका–भतिजाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।

खेत जोतेर फर्कने क्रममा गागन नदीको तटबन्धबाट स१त ७४५८ नम्बरको ट्याक्टर पल्टँदा काका–भतिजाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय ४० वर्षीय सुरेन्द्र यादव र उनकै भतिजा सात वर्षीय चन्दन रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Dabur Nepal
NIC Asia

ट्याक्टरको इन्जिनमा च्यापिएर उनीहरू दुवैजनाको घटनास्थलमा नै मृत्यु भएको स्थानीय श्याम यादवले जानकारी दिए । उनका अनुसार, ट्याक्टरमै चढेका रञ्जन यादव घाइते भएका छन् ।

दुर्घटनापछि प्रहरीले घटनास्थलमा मुचुल्का तयार पारी मृतक काका–भतिजाको शव परीक्षणका निम्ति सिरहा प्रादेशिक अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  २१:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu