site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसभित्रको असन्तुष्टि समाधान गर्न लेखकको जोड

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले कांग्रेसभित्रका असन्तुष्टि संबोधन गर्न आवश्यक रहेको बताएका छन् । कांग्रेसभित्र असन्तुष्टि रहेको भन्दै यसमा पार्टी गम्भीर हुनुपर्नेमा उनको जोड छ । 

रीता शाहीको गजल संग्रह ‘चिनारी’ विमोचन गर्दै नेता लेखकले भने, “ब्यक्त भएका असन्तुष्टि सम्बोधन गर्न जरुरी छ ।” 

Argakhachi Cement Island Ad

संविधान असफल गर्ने छुट कसैलाई पनि नभएको भन्दै उनले संसदमा अहिलेको शासकीय व्यवस्था मान्ने सबै दलहरूले गम्भीर भएर अघि बढन आवश्यक रहेको बताए । 

“हाम्रो शासकीय व्यवस्थामा एउटा पार्टीको बहुमत आउँदैन । हामी गठबन्धनको अभ्यासमा छौँ, त्यसैले मिलेर विद्यमान समस्याको समाधान गर्नुको विकल्प छैन,” नेता लेखकले भने ।   
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १५:२५
प्रतिक्रिया दिनुहोस्