site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘ग्राउन्ड ह्यान्डलिङ’ निगमको बपौती भनेर कथित प्रचार गरियो : कर्मचारी संगठन

काठमाडौं । कर्मचारी संगठनले ‘ग्राउन्ड ह्यान्डलिङ सर्भिस’का बारेमा नेपाल वायुसेवा निगमले कथित प्रचार गरेको आरोप लगाएका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष श्रवणकुमार यादव, कर्मचारी संगठनका अध्यक्ष मीनप्रसाद खनाल, लोकतान्त्रिक कर्मचारी संघका अध्यक्ष गणेशप्रसाद भुसाल र मधेस तराई कर्मचारी युनियनका अध्यक्ष अनिलकुमार गुप्ताले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै सोबारे आपत्ति जनाएका छन् ।

ग्राउन्ड ह्यान्डलिङ सेवा खुला प्रतिस्पर्धाबाट दिने नेपाल उड्डयन प्राधिकरणको निर्णयविरुद्ध बुधबार (हिजो) निगमका कर्मचारीले आन्दोलन गरेका थिए ।

निगमले ग्राउन्ड ह्यान्डलिङ आफ्नै पुर्खाको बपौती र जन्मसिद्ध अधिकार हो भन्ने गरी कथित प्रचार र मिडियाबाजी गरेको कर्मचारी संगठनले आरोप लगाएका छन् ।

“त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई प्रदान गर्ने कमर्सियल ग्राउन्ड ह्यान्डलिङ आफ्नै पुर्खाको बकौती (बपौती) र जन्मसिद्ध अधिकार हो भन्ने गरी गरिएका कथित प्रचारबाजी तथा मिडियाबाजीप्रति हामी आश्चर्यचकितसहित सो समूहको कानुनी अल्पज्ञानताप्रति हामी खेद प्रकट गर्द छौँ,” विज्ञप्तिमा उल्लेख छ ।

ग्राउन्ड ह्यान्डलिङ सञ्चालन गर्ने/गराउने अधिकार प्राधिकरणमा निहित रहेको पनि विज्ञप्तिमा जनाइएको छ ।

प्राधिकरणले ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालन गर्न खुला प्रतिस्पर्धा गराउनुपर्ने हुन्छ । प्रतिस्पर्धाबाट छानिएको संस्थालाई सेवा सञ्चालन गर्न अनुमति दिने कानुनी व्यवस्था छ । कानुनानुसार ग्राउन्ड ह्यान्डलिङ प्राधिकरण आफैँले वा प्रतिस्पर्धाका आधारमा दिन सक्छ । 

asdfgf-1701949845.jpg

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १७:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro