site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विराटनगर आगलागी घटना : मृत्यु हुनेको संख्या दुई पुग्यो

काठमाडौं । विराटनगरको कबाडी गोदाममा आगलागी हुँदा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । 

आगलागीबाट विराटनगर–६ का दीपक मण्डल र अर्का एक परिचय नखुलेको व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए ।  

Dabur Nepal

विराटनगर महानगरपालिका–७ स्थित सातघुम्तीमा रहेको कबाडी गोदाममा बुधबार दिउँसो परफ्युमको बट्टा फुटाल्ने क्रममा गोदाममा आगलागी भएको कबाडीमा काम गरिरहेका कामदारहरूले जनाएका छन् । 

आगलागीमा घाइते अन्य तीनजना सुशिला पासमान, रिता सरदार र पिंकी मण्डलको न्यूरो अस्पतालमा उपचार भइरहेको छ भने किशोर पासमानको कोसी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

करिब दुई घण्टापछि आगलागी नियन्त्रणमा आएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयका साथै विराटनगर महानगरपालिकाको दुई वटा, दुहबी र सुन्दर हरैचाको एक एक गरी चार वटा दमकलले आगो नियन्त्रणमा लिएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १८:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro