राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक प्रदीप यादवले एनसेल कम मूल्यमा बिक्री गर्नुमा जालझेल रहेको बताएका छन् ।
आजको लेखा समिति बैठकमा उनले आजियटाले ‘कू’ प्रचार गरेको भन्दै सरकारले लगाम लगाउनुपर्ने बताए ।
“कम मूल्यमा बिक्री गर्दा जालझेल भएको छ । पाँच अर्ब खुद नाफा गरेको कम्पनी साढे ६ अर्बमा कसरी बिक्यो ? शंकास्पद छ,” उनले भने ।
उनले दूरसञ्चार प्राधिकरणलाई जानकारी नहुनु पनि शंकास्पद भएको बताए ।
“कारोबार आम्दानी नेपालमा गर्ने अनि बिक्री विदेशमा गर्ने ? सरकारको ध्यान कता छ ? स्माट सेल र एनसेलको सम्बन्ध के हो ? स्माटले नेपाललाई डुबाएको छ । दुवैको लगानीकर्ता एकै हो । सरकारले स्पष्ट पारोस्,” यादवले भने ।
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८० १५:२९
प्रतिक्रिया दिनुहोस्