अर्थ व्यवसाय
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले एकल अंकको ब्याजदरमा जाँदा धान्न गाह्रो हुने बताएका छन् ।
बुधबार अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, "ब्याजदर एकल अंकमा आयो भने पनि घरजग्गा किनबेच नै बढ्ने हो । यसले फाइदा गर्दैन, उत्पादनमा लगानी जाँदैन ।"
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८० १४:४७
प्रतिक्रिया दिनुहोस्