
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजावादीहरू विगतका काण्ड जनतासामु पुर्याउन निर्देशन दिएका छन् । आइतबार प्रज्ञा भवनमा आयोजित वाईसीएलको राष्ट्रिय सम्मेलनमा उनले राजावादीहरू आफूहरूले जवाफ नदिएकाले छाडा भएको बताए । उनले कार्यकर्तालाई आइलागे इँटको जवाफ पत्थरले दिन निर्देशन दिए ।
“हामी आक्रमण गर्न कसैलाई पनि नजाने । हाम्रो शान्तिपूर्ण नै हो भन्ने जनतालाई भन्ने । तर, हामीमाथि कोही जाइलाग्न खोजे, आइलागे भने त्यसको इँटको जवाफ पत्थरले भन्ने कुरा गर्नुस्,” उनले भने, “हामी छौँ । जरुरी पर्यो भने जस्तो सुकै विद्रोह गर्न सकिन्छ ।” उनले पार्टीको अभियान अर्को क्रान्तिको तयारी समेत भएको बताए ।
साथै, उनले वाईसीएल उत्तराधिकारीहरू उत्पादन गर्ने संगठनका रूपमा चिन्नुपर्ने बताए । “हामी उत्तराधिकारी हौँ । हामी नेता हौँ र नेता उत्पादनको तयारीमा छौँ भन्ने बुझ्न जरुरी छ,” उनले भने ।