site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि सैद्धान्तिक छलफल

काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि सोमबार पनि सैद्धान्तिक छलफल गरिएको छ । सोमबार सिंहदरबारमा छलफलका क्रममा समिति सदस्यहरूले सञ्चालनको स्पष्ट नीतिका साथ विधेयकलाई अघि बढाउनुपर्ने बताए ।

विधेयकमाथिको संशोधनकर्ता देवेन्द्र दाहाललगायत सदस्यले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ‘राष्ट्रिय’ शब्द राख्न उचित हुने सुझाव दिए ।

Dabur Nepal
NIC Asia

मुलुकको शिक्षा क्षेत्रमा योगदान पुर्‍याउन राष्ट्रिय विश्वविद्यालयका रूपमा स्थापना गरिने प्रस्तावनामा उल्लेख गर्न सकिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीले जनाएका थिए ।

समिति सभापति जयन्तीदेवी राईले विज्ञको समेत सुझाव लिएर विधेयकलाई अघि बढाइने बताइन् । उनले विधेयकमाथिको छलफल मंगरबार पनि जारी रहने जानकारी दिइन् ।

सरकारले सुदूरपश्चिम प्रदेशको कैलालीमा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न विधेयक ल्याएको हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १५:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro