site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
झिनो अंकले घट्यो नेप्से, एक अर्ब १९ करोडको सेयर कारोबार

काठमाडौं । पछिल्ला ६ दिनदेखि नेप्से लगातार ओरालो लागेको छ । सोमबार नेप्से झिनो अंक घटेर बन्द भएको छ । नेप्से परिसूचक ३.४२ अंकले घटेर १८४७.८१ विन्दुमा रोकिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

यस दिन एक अर्ब १९ करोड रुपैयाँको सेयर कारोबार भएको छ । २९२ धितोपत्रका ३८ लाख ९६ हजार २८७ कित्ता खरिद–बिक्री भएको छ ।

समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.०६ प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२२ रुपैयाँ कायम भएको छ ।

सोनापुर मिनेरल्स एन्ड आयल लिमिटेडको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको सात करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

१३ मध्ये पाँच समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक घटेको छ ।

सर्वाधिक परिसूचक वृद्धि जीवन बिमा समूहको भएको छ । यो समूहको परिसूचक ०.९७ प्रतिशतले वृद्धि भएको हो ।

सर्वाधिक परिसूचक घट्नेमा ‘अन्य’ समूह छ । यो समूहको परिसूचक ०.६२ प्रतिशतले घटेको नेप्सेले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १५:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro