site stats
बाह्रखरी :: Baahrakhari
कला
‘कमेडी विथ च्याम्पियन’ समूहले नयाँ टेलिभिजन शोज ‘कमेडी नाइट्स’ ल्याउँदै 
फाइल तस्बिर

काठमाडौं । ‘कमेडी विथ च्याम्पियन’को समूहले नयाँ टेलिभिजन शोजको तयारी गरेको छ । केही महिना पछिदेखि प्रसारण गर्नेगरी शोजको तयारी भइरहेको निर्माण पक्षले जनाएको छ । 

विशाल भण्डारीले निर्देशन गर्ने शोजको नाम ‘कमेडी नाइटस्’ राखिनेछ । शोजमा अधिकांश कलाकार ‘कमेडी विथ च्याम्पियन’कै रहने निर्देशक भण्डारीले जानकारी दिए । 

Argakhachi Cement Island Ad

हालसम्म दीपाश्री निरौला, सजन श्रेष्ठ, सुमन कार्की, पवन भट्टराईलगायतसँग शोजका लागि सम्झौता भइसकेको विशालले बताए । 

“कैलाश कार्की र मेक्सम गौंडेलसँग पनि कुरा भइरहेको छ । उनीहरू पनि शोजमा रहने करिब करिब पक्का जस्तै हो,” विशाल भन्छन्, “तर उनीहरू अहिले नेपाल बाहिर भएकाले लिखित सम्झौता हुन भने बाँकी छ ।” 

क्रिएसन र फर्म्याट पनि नयाँ हुने निर्देशक भण्डारीले जानकारी दिए । “यो पटक हामी आफ्नै लगानीमा शोज तयार पार्दै छौँ, त्यसैले सेट, प्रोडक्सनदेखि समग्र शोज नै ग्रान्ड हुनेछ,” उनले बाह्रखरीसँग भने, “विदेशमा जुन खालका भब्य टेलिभिजन शोज हामीले देखिरहेका छौँ, त्यस्तै ठूलो शोज हुनेछ । हामीले यसअघि गरेका शोजभन्ज्दा यो दुई/तीन गुणा ठूलो र भव्य हुनेछ ।”

टेलिभिजन शोज ‘कमेडी क्लब विथ च्याम्पियन’ गत साउनको पहिलो साता बन्द भएको थियो । ६९ वटा श्रृंखला प्रसारण भएको शोज बन्द भएको थियो । 

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १४:५६
प्रतिक्रिया दिनुहोस्