site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
भूकम्प पीडितलाई ह्वावेले उपलब्ध गरायो मानवीय सहायता

काठमाडौं । ह्वावेले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र डिजिटल एम्पावरमेन्ट सोसाइटीसँग मिलेर जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितलाई राहत सामग्री उपलब्ध गराएको छ ।

ह्वावे नेपालका सीईओ ह्वाङ जुन, पीआर निर्देशक झाङ लिआङले डिजिटल एम्पावरमेन्ट सोसाइटीको उपस्थितिमा मन्त्रालयमा मन्त्री रेखा शर्मालाई राहत सामग्री हस्तान्तरण गरेका हुन् ।

विपद्बाट प्रभावितलाई तत्काल सहायता र आधारभूत आवश्यकता सम्बोधन गर्न पाल, कम्बल, स्लिपिङ झोला जस्ता आवश्यक सामग्री उपलब्ध गराएको ह्वावेले जनाएको छ ।

यस्तै, कम्पनीले भूकम्प प्रभावित क्षेत्रमा दूरसञ्चार साइट सक्रिय राख्न २४ घण्टा र सातै दिन नेटवर्क सेवा प्रदान गर्न समर्पित रहेको बताएको छ ।

Global Ime bank

ह्वावेले तुरुन्त भूकम्प प्रभावित क्षेत्रमा दूरसञ्चार सेवालाई निरन्तर सुचारु अवस्थामा राख्न आफ्नो प्राविधिक टिमलाई स्ट्यान्डबाई राखेको जनाएको छ ।

राहत सामग्री हस्तान्तरणपछि ह्वावे नेपालका सीईओ ह्वाङ जुनले भनेका छन्, “म प्रभावित क्षेत्रका दिवंगत आत्माहरूप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छु र सञ्चार पूर्वाधारहरू सञ्चालनमा रहन, उद्धार र राहतको समन्वयलाई सहज बनाउन ह्वावे नेपालबाट निरन्तर सहयोगको आश्वासन दिन चाहन्छु । हामी नेपालका लागि नेपालमा छौँ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १७:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu