site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१० लाखमा क्रोएसिया पठाउने भन्दै दुई लाख लिएर फरार व्यक्ति पक्राउ

काठमाडौं । क्रोएसिया पठाउने आश्वासन दिएर ठगी गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिकाकी भवानी बोहरालाई पक्राउ गरेको छ ।

उनले बाबुराम कार्कीलाई वैदेशिक रोजगारीका लागि १० लाख रुपैयाँ लागतमा क्रोएसिया पठाउने आश्वासन दिएर पैसा मागेकी थिइन् ।

प्रहरीका अनुसार कार्कीलाई क्रोएसियामा प्रतिष्ठित कम्पनीमा काम लगाइदिने र मासिक एक लाख २० हजार रुपैयाँ तलब हुने बताएर उनले दुई लाख रुपैयाँ लिएकी थिइन् । तर, रकम लगिसकेपछि सम्पर्कविहीन बनिन् ।

पीडित कार्कीले उनीविरुद्ध वैदेशिक रोजगार विभागमा निवेदन दिएका थिए । प्रहरीले आज बिहान ललितपुरको महालकक्ष्मीबाट पक्राउ गरेको हो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  २१:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro