site stats
बाह्रखरी :: Baahrakhari
देश
सिफारिस नगरी एन्टिबायोटिक औषधि बिक्री गरे कारबाही 

काठमाडौं । औषधि व्यवस्था विभागले चिकित्सकको सिफारिस बिना एन्टिबायोटिक (समूह क र ख) का औषधि बिक्री गरेमा कारबाही हुने जनाएको छ । विभागले गरेको फार्मेसी अनुगमनका क्रममा सिफारिस बिना बिक्री भइरहेको पाइएकाले आगामी दिनमा यस्तो कार्य गर्नेलाई कारबाही हुने जनाएको छ ।
 
चिकित्सकको सल्लाहबिना यस प्रकारका औषधि खरिद गरी सेवन नगर्न पनि विभागले सबैमा अनुरोध गरेको छ । 

एन्टिबायोटिक जथाभावी प्रयोग गर्दा शरीरमा रोग प्रतिरोधी क्षमतामा ह्रास ल्याइ कतिपय अवस्थामा औषधिले काम नगरेको पनि विभिन्न अध्ययनले देखाएको विभनगको भनाइ छ । औषधि ऐन २०३५ को दफा १७ मा समूह ‘क’ र ‘ख’ का एन्टिबायोटिक औषधिलाई बिना ‘प्रेस्क्रिप्सन’ बिक्री गर्न नहुने सूचीमा राखिएको छ ।  
   
dda-1701411648.jpg

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १२:०६
प्रतिक्रिया दिनुहोस्