site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
मकवानपुरगढी दुर्घटनामा तीनजनाको मृत्यु
SkywellSkywell

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ धवाडीपुलस्थित भित्री सडकखण्डमा आज दिउँसो मोटरसाइकल दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका मकवानपुरगढी–२ कुर्लेपाखा बस्ने अन्दाजी ३५ वर्षीय भीमबहादुर स्याङ्तानको मृत्यु भएसँगै मृतकको सङ्ख्या तीन पुगेको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिइन् ।

Dabur Nepal
NIC Asia

प्रहरी नायब उपरीक्षक भण्डारीका अनुसार, दिउँसो १ बजेको समयमा सुकौराबाट कान्तिलोकपथतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई उक्त स्थानस्थित पुल छेउबाट अन्दाजी १२ मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका भीमबहादुरको हेटौँडा अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि चितवनको भरतपुर लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताइन् ।

उक्त दुर्घटनामा परेर यसअघि उनकी श्रीमती ३४ वर्षीया रुपा स्याङ्तान र उनको पाँचमहिने छोरीको घटनास्थलमा नै मृत्यु भएको थियो । मृतक तीनैजनाको शव हेटौँडा अस्पतालमा राखिएको छ ।

उक्त घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १८:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro