site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वर्तमान व्यवस्थाभित्रै रहेर नागरिकको अवस्था परिवर्तन गर्छौं : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान व्यवस्थाभित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आफूहरू आएको बताएका छन् ।

बुधबार जनकपुरधाममा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले अहिलेको  शासकीय स्वरूपमा केही कमजोरी रहेको तर विद्यमान व्यवस्थाभित्रै रहेर अवस्था परिवर्तन गर्न सकिने बताए ।

शासकीय स्वरूपमा भएका कमजोरीलाई निर्वाचनबाट मात्रै परिवर्तन गर्न सकिने उनको भनाइ छ ।

उनले परिवर्तनलाई स्वीकार गरेर नागरिकका दुःखसुखलाई प्राथमिकतामा राखेर आफूहरूले काम गर्ने बताए ।

"नीति विचारका बारेमा हामीले दस्ताबेजीकरणको काम गरेका थियौँ । त्यसलाई पास गरेका छौँ । हामी अहिले भएको विद्यमान व्यवस्थाभित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आएका दल हौँ । यद्यपि शासकीय स्वरूपमा केही कमी कमजोरी छन् । यो परिवर्तन गर्ने उपाय भनेको निर्वाचन मात्रै हो । हामी वर्तमान व्यवस्थाभित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आएका हौँ । परिवर्तनलाई स्वीकार गरेर नागरिकका दुःखसुखलाई प्राथमिकतामा राखेर काम गर्ने छौँ," उनले भने ।

लामिछानेले मधेसलाई केन्द्रमा राखेर आफ्नो पार्टी अघि बढिरहेको पनि बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १७:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro