site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अस्थायी आवास निर्माणमा सेना, प्रहरी र सशस्त्र परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णय 

काठमाडौं । सरकारले जाजरकोट भूकम्पपीडितलाई तत्काल छानामुनि पुर्‍याउन सुरक्षा अंगलाई अस्थायी आवास निर्माणमा लगाउने भएको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई अस्थायी आवास निर्माणमा लगाउने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अस्थायी आवास निर्माण नहुँदा चिसोका कारण मृत्युसम्म भएको गुनासो आएको भन्दै जिल्ला सुरक्षा समितिअन्तर्गत परिचालन हुने गरी तीनवटै सुरक्षा निकायलाई परिचालन गर्न लागेको उनको भनाइ थियो ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हुने जिल्ला सुरक्षा समितिले परिचालन गर्ने गरी तीनवटै सुरक्षा निकायले स्वयं सेवकका रूपमा काम गर्ने बताइएको छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १३:००
प्रतिक्रिया दिनुहोस्