site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
ललितपुर सिटी एफसीले ५०० वटा निःशुल्क टिकट बाँड्दै 

काठमाडौं । ललितपुर सिटी एफसीले आफ्नो खेल हेर्न चाहने दर्शकका लागि ५०० वटा टिकट निःशुल्क बाड्ने भएको छ । ललितपुरले नेपाल सुपर लिग (एनएसएल)मा आज (बुधबार) पोखरा थन्डर्सविरुद्ध खेल्दै छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजेदेखि हुने खेलका लागि ललितपुरले ५०० टिकट बाड्ने भएको हो । ललितपुरले सामाजिक सञ्जालमा टिकट लिन चाहनेहरूले दिउँसो ४ः३० बजेसम्म घान्द्रुक नेपाली क्विजिन र पेपे पिज्जाबाट लिन सकिने जनाएको छ । 

आज ललितपुर र पोखरा दुवै टिम लगातार दोस्रो जितको खोजीमा छन् । यसअघि प्रतियोगिताको पहिलो खेलमा ललितपुरले बुटवल लुम्बिनी एफसविरुद्ध २–० को जित निकालेको थियो । पोखराले पहिलो खेलमा एफसी चितवनलाई १–० ले हराएको थियो । 

प्रतियोगितामा एक खेलबाट समान तीन अंक जोडेको ललितपुर तालिकाको दोस्रो र पोखरा चौथो स्थानमा छन् ।

Lalitpur-City1-1701240472.png

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १२:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro