खेल
काठमाडौं । सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ ।
युनाइटेड अरब इमिरेट्स (यूएई)मा हुने प्रतियोगिताका लागि देव खनालको कप्तानीमा १४ सदस्यीय नेपाली टिमको घोषणा भएको हो । नेपाल प्रतियोगिताको समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै भारत, पाकिस्तान र अफगानिस्तान छन् ।
प्रतियोगिता डिसेम्बर ८ देखि १७ गतेसम्म यूएईमा हुने तालिका छ ।
नेपाली टिम : देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, हेमन्त धामी, गुल्सनकुमार झा, दीपेशप्रसाद कँडेल, विशालविक्रम केसी, दीपक बोहरा, उत्तम रंगु थापामगर, विपीन रावल, तिलकराज भण्डारी, आकाश चन्द
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८० १८:३६
प्रतिक्रिया दिनुहोस्