site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
योजना कटौती भएपछि कोसी प्रदेशसभामा एमाले र राप्रपा सांसदले गरे विरोध

विराटनगर । कोसी प्रदेश सरकारको बजेटसम्बन्धी प्रतिस्थापन विधेयकमा कार्यक्रम कटौती भएपछि नेकपा (एमाले) र राप्रपाका सांसदले उठेर विरोध जनाएका छन् । 

प्रदेशसभाको आज (मंगलबार)को बैठकको कारबाही सुरु हुनासाथ एमाले र राप्रपाका सांसदले उठेर सदनमा विरोध गरेका थिए । सभाको अध्यक्षता गरिरहेका सांसद इस्राइल मन्सुरीले आफ्ना कुरा राख्न प्रमुख विपक्षी एमालेलाई समय दिए । 

Argakhachi Cement Island Ad

एमाले संसदीय दलका उपनेता राम रानाले रातो किताबमा धेरै योजना कटौती भएकोमा विरोध गर्दै सदन अवरोध गरे । 

रानाले भने, “एक वर्षमा पाँच पटक सरकार फेरियो । बजेट निर्माण गर्दा छलफल हुनुपर्ने थियो । सरकारले लगभग आधा वर्ष बितेको बजेट व्यवस्थापन गर्दा ध्यान दिन पर्थ्यो ।” प्रतिपक्षका सांसदहरूबाट आएको कार्यक्रमलाई नै समेट्ने भनिएकोमा त्यो नभएको जनाए । 

“सांसदले माग पेस गर्नुभयो तर इमान्दार बन्ने हो कि बेइमान बन्ने भन्ने मूल प्रश्न हो,” उनले भने, “सांसदले प्राथमिकीकरण गरेका योजना कटौती भएका छन् ।” 

उनले बजेट फेल भए के हुने भदै प्रश्न गरे । बजेट अध्यादेश प्रतिस्थापन गर्न ल्याएको विनियोजन विधेयकमाथि सदनमा सोमबारदेखि छलफल भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १२:५३
प्रतिक्रिया दिनुहोस्