site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वर्षा र हिमपातको सम्भावना
फाइल तस्बिर
Tiktok banner adTiktok banner ad

काठमाडौं । देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागमा वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।

विभागले दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।

विभागका अनुसार राति देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

नेपालमा हाल पश्चिमी वायुको साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको विभागले जनाएको छ ।

यसैबीच, हिजो काठमाडौंको न्यूनतम तापक्रम ९.५ डिग्री सेल्सियस रहेको थियो । हिजो यो वर्षकै हालसम्मको न्यून तापक्रम हो । 

“आज भने हिजोको भन्दा तापक्रम केही बढ्नेछ । हिजोको जस्तो आज चिसो हुने छैन,” मौसमविद् मीनकुमार अर्यालले बाह्रखरीसँग भने, “आज काठमाडौंको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियससम्म पुग्नेछ ।”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  ०६:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro