site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
रेफ्रीप्रति धनगढीका प्रशिक्षक राईको कटाक्ष– गणतन्त्र देशमा बोल्न पाउनुहुन्छ
SkywellSkywell

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण खेलाइरहेका रेफ्रीप्रति कटाक्ष गर्दै धनगढी एफसीका मुख्य प्रशिक्षक युगलकिशोर राईले गणतन्त्र देशमा बोल्न पाउनुपर्ने बताएका छन् ।

धनगढीले आइतबार वीरगन्ज युनाइटेड एफसीलाई २–१ ले हराउँदै प्रतियोगिताको सुखद सुरुआत गरेको छ । खेलका दौरान प्रशिक्षक राईले ८०औँ मिनेटमा रेफ्रीसँगको विवादपछि पहेलो कार्डको दर्शन गरेका थिए । प्रशिक्षक राईसँगै धनगढीका सहायक प्रशिक्षक रमेश डंगोलले पनि पहेलो कार्ड पाएका थिए । रेफ्रीसँग असन्तुष्ट देखिएका प्रशिक्षक राईले रेफ्रीको निर्णयमा बोल्न पाउनुपर्ने बताएका हुन् ।

Dabur Nepal
NIC Asia

“रेफ्रीको निर्णयमा असन्तुष्टि व्यक्त गर्नु पार्ट अफ गेम हो । हुन त रेफ्रीको क्षमतामा पनि भर पर्छ । राम्रो ल्याउन सकिन्छ भने एनएसएललाई तपाईंहरूले नै भनेर ल्याइदिनु । युरोपबाट वा एसिया अरू काहीँबाट ल्याउनुस्,” प्रशिक्षक राईले भने, “उहाँहरू (नेपाली रेफ्री) अलि धेरै भावनात्मक हुनुहुन्छ । थोरै केही भन्दा पनि एग्रेसिभ हुन्छन् । रेफ्रीका लागि नो कमेन्ट्स । उहाँहरूले एकदम राम्रो खेलाउनुभएको हो । तर, बोल्न पाउनुपर्छ । हामीले गणतन्त्र देशमा बोल्न पाउनुपर्छ जस्तो लाग्छ मलाई ।”

यस्तै, राईले वीरगन्जविरुद्धको खेलमा धनगढी जितका लागि योग्य रहेको प्रतिक्रिया दिए ।

“पहिलो खेल गाह्रो हुन्छ । त्यसमाथि कति खेलाडी रंगशाला छिरेका समेत हुँदैनन् । तर, ‘वी डिजर्भ टू विन’ । पहिलो हाफमा उनीहरूको जुन खेल्ने रणनीति थियो, त्यसलाई हामीले ब्रेक गर्‍यौँ । फुटबल भनेको ‘गेम अफ मिस्टेक्स’ हो । मौकाको सदुपयोग गर्न नसक्ने गल्ती गर्नुभयो भने गाह्रो हुन्छ । पहिलो हाफको गल्तीहरूलाई दोस्रो हाफमा सुधारेर जित निकाल्यौँ । तर, उनीहरूले राम्रो खेले,” राईले थपे ।

आइतबारको खेलमा धनगढीलाई जित दिलाउन फोडे फोफाना र अहमद हिजाजीले गोल गरेका थिए । वीरगन्जका हान्स कोफीले एक गोल फर्काएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  २१:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu