site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
जोन्टा क्लब काठमाडौंले गर्‍यो महिला हिंसाविरुद्ध सचेतना कार्यक्रम

काठमाडौं । जोन्टा क्लब काठमाडौंले सशस्त्र प्रहरी बलको महिला शाखा र एनसेलको सहकार्यमा लैङ्गिक हिंसाविरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरेको छ । लैङ्गिक हिसांविरुद्धको १६ दिने कार्यक्रमअन्तर्गत महिला हिंसाविरुद्ध सचेतना कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको प्रमुख अतिथि एआईजी डा. चन्द्रप्रकाश गौतम थिए । कार्यक्रममा काठमाडौं महानगरभित्रका महिला, एपीएफ महिला र जोन्टा क्लबका सदस्यहरू सहभागी थिए ।

कार्यक्रममा महिलाले भोग्नुपरेका विभिन्न समस्यालाई प्रस्तुत गरिएको  थियो । नेपालमा महिलासम्बन्धी कानुनी अधिकारका विषयमा छलफलसमेत भएको थियो ।

जोन्टाको १६ दिने अभियानअन्तर्गत काठमाडौंको १३ स्थानमा रहेका क्यूएफएक्स सिनेमाघको ३१ स्क्रिम, यातायातमा बाल विवाह, घरेलु हिंसा, कार्यालयमा हुने दुर्व्यहार र यौन दुर्व्यहार सम्बन्धी चार फरक भिडियो प्रदर्शन गरिएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro