site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अध्यादेशबाट आएको बजेट कार्यान्वयनको चुनौती थियो, अब सहज हुन्छ : मुख्यमन्त्री कार्की
Sarbottam CementSarbottam Cement

विराटनगर । कोसी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको कार्यक्रम तथा योजनाबारे थप प्रष्ट पारेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालय समेतको जिम्मेवारीमा रहेका मुख्यमन्त्री केदार कार्कीले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी बजेटका कार्यक्रमबारे थप प्रष्ट्याएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बजेटभन्दा पनि केही कार्यक्रम तथा योजना थपघट गरेर प्रतिस्थापन विधेयक आएको बताए । विषम परिस्थितिमा अध्यादेशमार्फत आएको बजेटलाई कार्यान्वयन गर्न सदनबाट पारित गर्ने बाध्यता रहेको सुनाए ।

उनले भने, "दुई–दुई पटक अध्यादेशबाट आएको बजेटलाई कार्यान्वयनको चुनौती थियो । अब सहज ढंगले कार्यान्वयनमा जान्छ ।"

Global Ime bank

कार्कीले लोकलाई सकारात्मक प्रभाव पार्ने गरी केही कार्यक्रम थपघट गरी कल्याणकारी सोचले ल्याएको बताए ।

"केही कार्यक्रम घोषणा गरिएको छ, "कार्कीले भने, "मानवीय विकासलाई थोरै समेट्ने प्रयास गरेका छौँ ।" कार्कीले शनिबार प्रदेशसभामा अध्यादेशमार्फत प्रतिस्थापन विधेयक पेस गरेका थिए ।

प्रदेश सरकारको आर्थिक क्षमताले नभ्याउने किसिमको कार्यक्रम प्रचारमुखी मात्र हो कि भन्ने प्रश्नमा १० वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार गराउने कार्यक्रम कार्यान्वयन हुने कार्कीले दाबी गरे ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  ०९:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय