site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘तीर्थकुमारी स्वर्णिम साँझ–२०८०’ सम्पन्न
Tiktok banner adTiktok banner ad

काठमाडौं । शुक्रबार साँझ काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा एक हजारभन्दा बढी गीतमा स्वर दिएकी लोकगायिका तीर्थकुमारी थापा एकल साँझमा प्रस्तुत भइन् ।  ‘तीर्थकुमारी स्वर्णिम साँझ–२०८०’ नाम दिइएको उक्त कार्यक्रममा उनले आफ्ना लोकप्रिय १९ गीत गाइन् ।  

एकल र युगल गायनमा प्रस्तुत भएकी गायिका थापाले आफ्नो एकल साँझमा गाउने सपना पूरा भएको भन्दै सहभागीलाई धन्यवाद दिइन् । “मेरो गीतहरू पुनः गाउने अवसर पाएँ । मेरो यो इच्छालाई पूरा गर्न सहयोगी भूमिका खेल्नु हुने सम्पूर्णप्रति आभारी छु”, उनले भनिन्, “केही दिन अभ्यास गरेर गीत गाएँ । यो खुसीलाई शब्दमा व्यक्त गर्न सकिरहेकी छैन ।”

विसं २०२८ मा रेडियो नेपालमा गीत रेकर्डिङ गरेर गायन यात्राको सुरुआत गरेकी ७३ वर्षीया गायिका थापालाई युगल गायनमा उनका छोरा सुरज थापा, ध्रुवराज खड्कालगायतले साथ दिए । 

“देश तथा विदेशमा मैले धेरै सांगीतिक कार्यक्रम गरेकी छु । विविध कारणले एकल साँझमा प्रस्तुत भएकी थिइनँ। यो उपस्थितिले गायनलाई निरन्तरता दिन हौसला थपेको छ”, उनले भनिन् ।  

गायिका थापाका छोरा सुरजले आमाको इच्छालाई पूरा गर्न पाउँदा आफ्नो जीवन सफल भएको आभास गरेको बताए । उनी गायक तथा संगीतकार हुन् । “मैले एकल साँझ गर्ने उद्देश्यले केहीसँग छलफल गरेँ । उहाँहरूले पुराना गीतसंगीत र स्रष्टालाई प्रवर्द्धन गर्न हामी तत्पर छौँ भनेपछि यसको सुरुआत भयो”, उनले भने, “आमाले देख्नुभएको सपना पूरा गर्ने मेरो सपना आज पूरा भएको छ ।” 

अन्नपूर्ण चेम्बर अर्केष्ट्राको आयोजना तथा काठमाडौं प्रज्ञा कुञ्ज स्कुल र तुलसी भवन कन्स्ट्रक्सनको सहआयोजनामा सम्पन्न कार्यक्रममा गायिका थापाले ‘डाँडामा माथि बिहानै...’ गीतबाट साँझको सुरु गरेर आफ्ना लोकप्रिय गीतहरू ‘म त खाँदिन कुवाको पानी हो...’, ‘ढुंगे बगर माया...’, ‘झम्के फूली नाकैमा बुलाकी...’ ,‘उकालीमा पनि हजुर...’, ‘बारीको डिलमा ओखरबोट...’, ‘माछी मार न हे दाइ हो...’ लगायत गीत गाएकी थिइन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  १२:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro