अर्थ व्यवसाय

काठमाडौं । डाबर नेपालले भूकम्पपीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाखको चेक हस्तान्तरण गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कम्पनीका अध्यक्ष ईश्वरी राणा, व्यवसाय प्रमुख हरकिरत सिंह बेदी तथा कम्पनीका वरिष्ठ अधिकारीहरूले चेक हस्तान्तरण गरेका हुन् ।
डाबर नेपालले भूकम्पमा ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८० २०:०३
प्रतिक्रिया दिनुहोस्