site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
साइकल लुटेराको खोजी गर्दा जब प्रहरी विभत्स हत्याका आरोपीसम्म पुग्यो...
Sarbottam CementSarbottam Cement

काठमाडौं । नारुदेवी जोशीको हत्यामा संलग्न आरोपीलाई कञ्चनपुर प्रहरीले दुई हप्तापछि पक्राउ गर्न सफल भएको छ । शुक्लाफाँटा नगरपालिका–७, शान्तिपुरकी ६५ वर्षीया जोशीको गत कात्तिक १९ मा घाँस काट्न गएका बेला हत्या भएको थियो ।

जोशीको हत्याको करिब दुई हप्तापछि कञ्चनपुर प्रहरीले आरोपीलाई पक्राउ गरेर सार्वजनिक गरेको हो । शुक्लाफाँटाकै महेश डगौरालाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको हो ।

उनलाई प्रहरीले कञ्चनपुरको झलारीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश शाहीले जानकारी दिए । डगौराले जोशीको हत्या आफूले गरेको स्वीकार गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यसरी भएको थियो हत्या
६५ वर्षीय नारुदेवी कार्तिक १९ मा घाँस काट्न भन्दै दिउँसो २ बजेतिर नजिकैको सामुदायिक वनमा गएकी थिइन् । साँझ अबेर हुँदा समेत घर फर्किएनन् । परिवारमा चिन्ता बढ्यो । सोही साँझ नारुदेवीका परिवार खोजतलासका लागि भन्दै निवेदन बोकेर साँझ ८ बजे इलाका प्रहरी कार्यालय झलारी पुगे ।

प्रहरी राति नै नारुदेवीको खोजतलासको लागि सोही सामुदायिक वनतर्फ लागे । राति १० बजेसम्म नारुदेवी फेला नपरेपछि प्रहरीको टोली रित्तो हात फर्कियो ।

Global Ime bank

कात्तिक २० गते प्रहरीको टोली पुनः नारुदेवीको खोजीको लागि खटियो । तर, प्रहरीले नारुदेवीलाई जीवित फेला पार्न सकेन । उनको शंकास्पद अवस्थामा शव फेला पर्‍यो ।

खोजतलासको लागि गएको प्रहरी टोलीले नारुदेवीको शवको मुचुल्का उठाएर परीक्षणको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर कञ्चनपुर पठायो ।

शव शंकास्पद देखिएपछि उनको लुटपाट गर्ने उदेश्यले हत्या गरिएको हुनसक्ने आशंका प्रहरीको ग¥यो ।

नारुदेवीले लगाएको सुनका गरगहना समेत हत्या आरोपीले लगेर भागेका थिए । सोही ‘क्लू’बाट अनुसन्धान गरेको प्रहरीले महेशसम्म पुग्न सफल भएको हो ।

प्रहरीसँगको बयानका क्रममा महेशले आफू एक्लै हत्या गरेको स्वीकार गरेको डीएसपी शाहीले बताए ।

महेशले प्रहरीसँगको बयानमा भनेका छन्, “नारुदेवीको पिछा गर्दै म पनि सामुदायिक वनतिर गएको थिए । सुरुमा घाँस काटिदिन्छु भनि हँसिया मागे । हँसिया दिएपछि त्यो हँसिया फाले र घाँटी थिचेर हत्या गरेको हुँ । मारिसकेपछि दुवै कानमा लगाएको मुन्द्रा नाकमा लगाएको फुली निकालेर भागेको हुँ ।”

प्रहरीको अनुसन्धानले महेशले नारुदेवीको निर्मम र विभत्स तरिकाले हत्या गरेको जनाएको छ ।

साइकल चोरीको खोजी गर्दा हत्यारा पक्राउ
महेशले नारुदेवीको हत्या गर्नुअघि कार्तिक १४ मा साइकल चोरी गरेको आरोप लागेको थियो । गाउँघरमा साइकलमा तरकारी बेच्ने भारतीय नागरिकलाई कुटपिट गरी साइकल तथा २५० रुपैयाँ लुटेको आरोप उनीमाथि थियो । सोही आरोपमा प्रहरीले उनको खोजी तीव्र पारेको थियो ।

तर, उनी एकाएक गायब भए । नारुदेवीको हत्या आरोपित पनि शुक्लाफाँटाकै हुनुपर्ने आशंका प्रहरीको थियो । प्रहरी घटनापछि परिवारको सम्पर्कमा नआएका युवाहरूको तथ्यांक संकलनमा लाग्यो ।

नारुदेवीको हत्यापछि करिब २० जनाले शुक्लाफाँटा नगरपालिका छाडेका थिए । छाडेकामध्ये महेश डगौरा पनि थिए । प्रहरीको अनुसन्धानले उनी नेपालगंज, मुम्बई हुँदै ब्याङ्लोरसम्म पुगेको खुलाएको छ ।

भारतहुँदै नेपाल फर्किएपछि उनी पक्राउ परेका हुन् । हत्यालगत्तै महेश आफ्नै चिनजानका साथी कैलाली–१३ का लक्ष्मण चौधरीको घरमा पुगेका थिए ।

चौधरीले नै महेशले हत्यापछि लुटेका सुनका गरगहना अछाम, सुजल र दिया सुनचाँदी पसलमा बिक्री गरेको खुलेको छ । प्रहरीले सो सुन समेत बरामद गरेको छ ।

प्रहरीले हत्यापछि लुटिएको सुन बेच्ने लक्ष्मण चौधरी, निरज भट्ट र बिल नभइ सुन खरिद गर्ने दिया सुनचाँदी पसलका खगेन्द्रबहादुर सोव, बर्दादेवी ज्वैलर्सका इन्द्र बराल सुनार र सुजल सुनचाँदी पसलका दिपेन्द्र सिजापतीलाई समेत पक्राउ गरेको छ । पक्राउ परेका माथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १७:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय