देश
विराटनगर । मोरङको उर्लाबारी आगलागीमा घाइते भएका थप दुईजनाको मृत्यु भएको छ । घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
गम्भीर घाइते अवस्थामा उपचार गराइरहेकामध्ये बुधबार राति र बिहीबार बिहान उनीहरूको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बिहीबार बिहान ६ः३० बजे कुमार तामाङ र बुधबार राति हेमकुमार दाहालको मृत्यु भएको हो ।
यसअघि, उपचारकै क्रममा तपन पण्डितको मृत्यु भएको थियो । उनीहरू कीर्तिपुरको बर्न अस्पतालमा उपचार गराइरहेका थिए ।
कात्तिक २६ गते लक्ष्मीपूजाको राति उर्लाबारी–७ इटहरा रोडमा स्थानीय दीपक कार्कीको सुन पसलमा आगलागी भएको थियो । त्यसक्रममा प्रहरीसहित २८ जना घाइते भएका थिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८० १०:५९
प्रतिक्रिया दिनुहोस्