site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गरिबी निवारणमा सबै मिलेर काम गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चीन सरकारको अनुभव लिएर नेपालको गरिबी निवारणमा लाग्नुपर्ने आवश्यकता रहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

बीआरआईबाट दक्षिण एसियाली मुलुकहरूलाई आर्थिक विकास र जनताको जीवनयापनमा सुधार ल्याउन सहयोग पुग्ने उनले उल्लेख गरे । उनले गरिबी निवारणमा सबै मिलेर काम गरेको अवस्थामा दिगो विकासका लक्ष्य हासिल गर्न मद्दत पुग्ने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

बीआरआईलाई थप गति दिन आवश्यक रहेकामा उनले जोड दिए ।

“बीआरआईबाट दक्षिण एसियाली मुलुकहरूलाई उनीहरूको आर्थिक विकास र जनताको जीवनयापनमा सुधार ल्याउन सहयोग पुग्दछ । गरिबी निवारणमा हामीले मिलेर काम गरेको अवस्थामा दिगो विकासका लक्ष्य हासिल गर्न मद्दत पुग्छ । चीनको गरिबी निवारणमा चीनको दूरदर्शी राजनीतिक नेतृत्व र नागरिक सशक्तीकरण, सर्वपक्षीय सहभागिता र आपसी समझदारीजस्ता कारणहरू रहेका छन्,” उनले भने, “भ्रष्टाचार विश्वका कुनै देशका लागि पनि विकासका बाधक र समस्या हुन् । नेपाललगायत दक्षिण एसियाली मुलुकहरूले चीनका यी अनुभवबाट शिक्षा लिएर असल अभ्यासलाई आत्मसात् गरेर अघि बढ्न सकेको खण्डमा गरिबी निवारणमा महत्त्वपूर्ण सफलता प्राप्त हुनसक्छ । बीआरआईलाई थप गति दिन आवश्यक छ ।”

Global Ime bank

अध्यक्ष तिमिल्सिनाले बीआरआईको कार्यान्वयनमा कमी–कमजोरी देखिए सच्याउँदै अघि बढ्नुपर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १५:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement