site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अर्थतन्त्रका विषयमा सबै पक्षबीचको छलफलले निजी क्षेत्रको मनोबल बढाउँछ : निजी क्षेत्र
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । मुलुकको वर्तमान अर्थतन्त्रका विषयमा सरकारका सबै पक्षसँगको छलफलले निजी क्षेत्रको मनोबल बढाउने काम गर्ने आशा जगाएको निजी क्षेत्रले बताएको छ ।

मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सरकारका सबै निकायसहित निजी क्षेत्रसँग भएको छलफलपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा निजी क्षेत्रले यस्तो बताएको हो ।

Agni Group

निजी क्षेत्रसँग सरकारले थालेको अर्थतन्त्र चलायमान बनाउन छलफल सकारात्मक भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सले यस्तो बताएको छ ।

सरकारले अर्थतन्त्रलाई चलायमान बनाएर गति दिने विषयमा निजी क्षेत्रसहित सरकारका विभिन्न निकायहरुसँगको छलफलले अर्थतन्त्रमा सुधार ल्याउने संकेत देखिएको निजी क्षेत्रको आशा छ ।

Global Ime bank

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले सरकारका सबै निकायहरुसहित निजी क्षेत्रसँग मुलुकको वर्तमान अर्थतन्त्रका विषयमा छलफल गर्नु निजी क्षेत्रको लागि खुसीको कुरा भएको बताए । उनले सरकारका सबै निकायमा रहेको नीतिगत कमजोरीहरू समन्वयात्मक हिसाबले साधान गरी अर्थतन्त्र चालायमान बनाउने विषयमा सकारात्मक भएको बताए ।

उनले सरकारसँगको छलफलले आगामी दिन आम नागरिक र निजी क्षेत्रको मनोबल बढाउने काम गर्ने विश्वास रहेको बताए । अहिले अर्थतन्त्रमा देखिएको समस्याले आम नागरिकको मनोबल कमजोर, साना तथा मझौला उद्योग र साना पसलहरु पलायन भए जाने र नेपालमा व्यवसाय गर्ने भन्दा पनि विदेश जाने योजना बढी बन्न लागेको अवस्था रोक्नु सरकारको प्रमुख दायित्व रहेको बताए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले नीतिगत स्थिरता ल्याउनसके अर्थतन्त्र चलायमान हुने बताए । उनले सरकारको अस्थिर आर्थिक नीतिको कारण अर्थतन्त्र चलायमान बन्न नसकेको बताए । सरकारले निजी क्षेत्रसहित सरकारी निकायहरू बीचको छलफल सकारात्मक रहेको भन्दै सरकारले अर्थतन्त्र चालयमान बनाउने विश्वास जगाएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  २१:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
  एनसेल प्रकरणको खैलाबैला
  एनसेल प्रकरणको खैलाबैला
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu