site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
घरदैलोमा रास्वपा : सरकार बाहिरै बस्न सुझाव

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएको एक वर्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) घरदैलोमा छ । २०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभाबाट उदाएको दल रास्वपाका नेताहरु यतिबेला घरदैलो अभियानमा छन् ।

मंसिर २, ३ र ४ गते गत निर्वाचनका उमेदवारहरुलाई फिल्डमा खटाउने केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकको निर्णयअनुसार अहिले घरघरमा पुगिएको रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी बताउँछन् ।

“निर्वाचित सांसद त हुने नै भइहाल्यो । गत निर्वाचनका सबै उमेदवारलाई फिल्डमा खटाउने निर्णय भएको छ । स्वास्थ्यको कारण र विदेशमा रहनुभएकोबाहेक सबै अहिले फिल्डमा छौँ ।”

उनका अनुसार अभियान ४ गतेसम्म गर्ने भनिए पनि भूगोललगायतका कारण लम्बिने देखिएको छ । उनी भोलि मात्रै अभियान सम्पन्न गर्ने तयारीमा छन् ।

अभियान किन ?

Global Ime bank

सहमहामन्त्री बुर्लाकोटी चुनाव सकिएको एक वर्षमा विश्वासका लागि धन्यवाद दिनेसहितका उद्देश्य बोकिएको बताउँछन् । उनका अनुसार विशेष गरी अभियानका तीन उद्देश्य छन्– पहिलो, गत निर्वाचनमा दिएको विश्वासका लागि धन्यवाद दिने । दोस्रो, कसरी अघि बढ्ने भन्ने सल्लाह लिने । तेस्रो, काम गर्ने पद्धतिबारे ।

बुर्लाकोटी चुनावका बेला गरेका प्रतिबद्धतामा आफूहरु प्रतिबद्ध रहेको सन्देश दिन खोजिएको पनि बताउँछन् । “त्यतिबेला हतार हतारमा प्रतिबद्धता निर्माण गर्यौँ । हामीले गरेको प्रतिबद्धतामा प्रतिबद्ध छौैँ भन्ने सन्देश पनि दिन खोजेका हौँ,” उनले बाह्रखरीसँग भने ।

चुनाव जितेपछि दलहरु फर्कँदैनन् भन्ने गुनासो चिर्नका लागि रास्वपा घरदैलोमा पुगेको नेताहरु बताउँछन् ।

सरकार बाहिरै बस्न सुझाव

घरदैलोमा पुगेका रास्वपाका नेतालाई मतदाताले सरकार बाहिरै रहन सुझाएका छन् । सहमहामन्त्री बुर्लाकोटीका अनुसार सरकारमा गए परीक्षण मात्रै हुने अवस्था रहेकाले बाहिरै बसेर काम गर्न मतदाताको सुझाव छ ।

“सरकारमा गएर केही अनुभव लिनुभयो, अब बाहिरै बसेको ठिक छ । अहिले सरकारमा गएर पुरानो दलको ढर्राअनुसार रुपान्तरण गर्न सक्नुहुन्न,” उनी भन्छन्, “तपार्इंहरु टेस्टेड मात्रै हुने हो, सक्सेस हुनुहुन्न, बाहिरै रहनुस् भन्ने सुझाव छ ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १३:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu