site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
सामाजिक सञ्जाल निर्देशिका : फेक आईडी, पेज र ग्रुप बनाउन नपाइने
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न बनाएको निर्देशिका सार्वजनिक गरिएको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी निर्देशिका, २०८० अनुसार अब सामाजिक सञ्जाल कम्पनीहरू सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत हुनुपर्नेछ ।

पहिलेदेखि नै सञ्चालनमा रहेका कम्पनीहरू तीन महिनाभित्र सूचीकृत भइसक्नुपर्नेछ । अन्यथा, सरकारले ती कम्पनीको सञ्चालनमा रोक लगाउन सक्नेछ । त्यस्ता कम्पनीहरूले प्रत्येक तीन वर्षमा नवीकरण गर्नुपर्ने दिर्नेशिकामा उल्लेख छ ।

Agni Group

फेक आईडी, पेज र ग्रुप बनाउन नपाइने
सामाजिक सञ्जाल प्रयोगकर्ताले गर्न नहुने कार्य समेत निर्देशिकामा उल्लेख छ । निर्देशिका अनुसार प्रयोगकर्ताले फेक आईडी, पेज र ग्रुप सिर्जना गर्न पाइँदैन ।

यस्तै, फेक आईडी, पेज र ग्रुपमार्फत कन्टेन्ट उत्पादन, सेयर, अरूको कन्टेन्ट सेयर, कमेन्ट वा कल गर्नेजस्ता कार्य पनि गर्न पाइँदैन ।

Global Ime bank

कुनै व्यक्ति तथा समूहप्रति घृणा फैलाउने र सामाजिक सद्भाव बिगार्ने सामग्री वा ट्रोल समेत प्रकाशन गर्न पाइँदैन ।

बालश्रम, बहुविवाह, बालविवाह, जातीय छुवाछूतलगायत कानूनले वर्जित गरेका क्रियाकलापलाई प्रोत्साहन गर्न नपाइने निर्देशिकामा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १२:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
  एनसेल प्रकरणको खैलाबैला
  एनसेल प्रकरणको खैलाबैला
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu