site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
टिकटकको प्रयोग भइरहेको भए जानकारी गराउन प्राधिकरणको अनुरोध

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकको प्रयोग तथा पहुँच भइरहेको भए जानकारी गराउन अनुरोध गरेको छ ।

प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै टिकटक बन्दपछि पनि कुनै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकले कार्यान्वयन नगरेको भए जानकारी गराउन अनुरोध गरेको हो । 

Argakhachi Cement Island Ad

प्राधिकरणबाट निर्देशन भइसक्दा पनि निर्देशनको कार्यान्वयन नगरी यदि कुनै इन्टरनेट सेवा प्रदायक वा मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्कबाट अझै पनि टिकटकमा पहुँच पुगिरहेको भए वा टिकटक चलिरहेको वा प्रयोग भइरहेको भए त्यस्तो कम्पनीको बारेमा जानकारी गराउन अनुरोध गरेको हो ।

गत कात्तिक २७ गतेको मन्त्रिपरिषद्‌ बैठकले टिकटकको तत्काल प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो ।

Tiktok-notice-1700360805.JPG

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  ०८:१२
प्रतिक्रिया दिनुहोस्