site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सन्दर्भ – शान्ति सम्झौताको १७ वर्ष
Tiktok banner adTiktok banner ad

सुसन रिसाल


मेरो कथा
सुसन रिसाल
यादहरूले बनाएका असीमित
निर्जीव यादहरू,
मन भाँचिएर
विलीन पारिएका विपनीका कथाहरू,
मेरो बालापन अनि युवा अवस्थाको
अवसानमा रमाएका 
तिम्रा क्रूरताले
रमाएका ती अनुहारहरू
अझै पनि यो शक्तिको उन्मादमा
रंगिएको नै देख्छु !

म भने मेरो गुमेका पलहरूको
हरेक रेसारेसाको
अनि यसभित्रको सामूहिक सम्बन्धहरू
खोज्दै 
अनि जोड्दै
ती अनगिन्ती गुमाइहरूको
हिसाब अनि जवाफ मागिरहेछु
अनन्तहीन यात्राका कथाको पात्र बनी
वर्षौंदेखि लादिएको शान्तिको परिभाषा
मेरो जीवनको अर्थसँगै
यी मानसपटलमा, 
मेरो आत्मामा
लागेका गहिरो चोटको मूल्यांकनसँगै
परिभाषित गर्दै 
कहिले लड्छु
अनि, कहिले पुनरुत्थानसँगै सम्हालिन्छु
यी झुटा हल्लाका शान्ति कथाहरूलाई
मेरो सत्यताको आगमन र स्थायित्वसँगै
तिम्रो विलयको बलियो आस गर्दै
मेरो आफ्नै इतिहास बनाउने
जमर्को गर्दै छु ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  ०६:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro