site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
व्यवसाय !
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

गणेश हुमागाईं ‘मझेरी’


एउटाले भन्छ– पाठेघर झिक्नुपर्छ
अर्को भन्छ– यसबाट अझै सिक्नुपर्छ
कोही भन्दै छन्– मिर्गौला फेल छ
नेपथ्यमा सुनिँदै छ– पैसाको खेल छ
यसको त कलेजो निकै साह्रो छ,
मुस्किल छ, यसलाई बचाउन गाह्रो छ ।
यस्तैयस्तै अन्यअन्य ।

Agni Group

प्रयोगशाला,
सबलांग शरीर मुर्दाशून्य छ
साध्यसाधनाको वस्तु,
सजीव तर निर्जीव 
आकलनहरू बढ्दै छन्
दक्ष भन्छ– मैले पढेको छु
सिकारु अनुमान लगाउँदै छ
दक्ष र अदक्षको द्वन्द्वबीच
एउटाले जीवन आहुति दिँदै छ
अर्कोले जस लिन खोज्दै छ 
भन्छ– हामीले अथक प्रयास गर्यौँ ।

अनुकूलता प्रतिकूलताका बीच
एकपछि अर्को अनुमान गर्दै
नघाउँदै छन् बजेटका परिधिहरू
योजनाकारहरू योजना बनाउँदै छन्
चाटुकारहरू जस खोज्दै छन्
कस्तो विडम्बना !
एउटाले परिवार गुमाउँदै छ
अर्कोले नाम कमाउँदै छ ।

Global Ime bank

हो, यस्तै छ यहाँ
धर्म पृथक् छ, मर्म सन्निकट
प्रतिफल अनुकूल होस् वा प्रतिकूल,
भेन्टिलेटरमा रूपान्तरित व्यावसायिकता,
पीडितको बजेट अनि
जिउने लालसा 
निसास्सिएका छन् भेन्टिलेटरभित्रै
केवल झिनो आशा छ
चमत्कार !

(लाजिम्पाट, काठमाडौं)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  ०६:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Kitchen conceptKitchen concept
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu