site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
उर्लाबारी आगलागीका घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर
आगलागीका घाइतेलाई काठमाडौं ल्याइँदै । फाइल तस्बिर ।

काठमाडौं । मोरङको उर्लाबारीमा आगलागी हुँदा घाइते भएकाहरूमध्ये ६ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । शुक्रबार घाइतेहरूको अवस्था बुझ्न कीर्तिपुर अस्पताल पुगेका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई उपचारमा खटिएका चिकित्सिकहरूले उपचाररत २५ मध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताएका हुन् ।

अस्पतालकी डाक्टर निजिना ताम्राकारले जलनको घटनामा सबै घाइतेहरूको अवस्था गम्भीर नै हुने बताइन् । नले चिकित्सकहरू घाइतेहरूको उपचारमा लागिरहेको बताइन् ।

Dabur Nepal
NIC Asia

"बर्न केसमा यति समय भन्न नै सकिँदैन, सबै चिकित्सकहरू काममा लागिरहनुभएको छ । यसको बेटर म्यानेजमेन्ट गर्ने छौँ । ६ जनाको अवस्था क्रिटिकल छ," उनले भनिन् । 

घाइतेको अवस्था बुझ्न अस्पताल पुगेका मन्त्री लिम्बूले अमेरिकाबाट थप चिकित्सकको टोली मगाएर घाइतेको उपचार गराउने प्रक्रिया सुरु गरिएको बताए । उनले अमेरिकाबाट आइतबारसम्म चिकित्सक आइसक्ने थप उपचार थाल्ने जानकारी गराए ।

गत कात्तिक २६ गते मोरङको उर्लाबारी–७, बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार प्रहरीसहित २७ जना घाइते भएका थिए । तीमध्ये २५ जनालाई नेपाली सेनाको विमानमार्फत काठमाडौं ल्याइएको थियो ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  २०:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro