विदेश

हरारे । जिम्बाब्वेको दोस्रो ठूलो सहर बुलावायो नजिकै मंगलबार राति एउटा मिनीबस ट्रकसँग ठोक्किँदा २२ जनाको मृत्यु छ ।
बुलावायो–बीटब्रिज रोडमा 'बोर्डमा २१ यात्रु बोकेको टोयोटा क्वान्टम गाडी' र 'यात्रुसहितको ट्रक' ठोक्किँदा अन्य दुईजना घाइते भएका थिए ।
मिनिबसका चालकसहित सबै २२ जनाको घटनास्थलमै मृत्यु भएको छ । ट्रकमा सवार दुईजना घाइते भएको जिम्बाब्वेको सबैभन्दा ठूलो दैनिक पत्रिका द हेराल्डले रिपोर्ट गरेको छ । रासस/सिन्ह्वा
प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८० २१:२५
प्रतिक्रिया दिनुहोस्