site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इतिहासको सम्मान गर्न नसक्ने राष्ट्र र समाजको भविष्य उज्यालो हुँदैन : रवि लामिछाने
फाइल तस्बिर।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इतिहासको सम्मान गर्न नसक्ने राष्ट्र र समाजको भविष्य उज्यालो हुन नसक्ने बताएका छन् ।

मंगलबार भक्तपुरमा नेपाल संवत् ११४४ र नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले इतिहासलाई जोगाउन अति आवश्यक भइसकेको बताए ।

इतिहास जस्तो भए पनि आफ्नै मूल्य र मान्यता हुने भन्दै उनले इतिहासको सम्मान गर्न सक्नुपर्ने बताए । ठाउँका नामहरु मौलिक रुपमा राख्नुपर्नेमा बाटो, गल्लीका नामहरु पहुँचवाला व्यक्तिको नाममा राख्ने परम्परा विकसित हुँदै जानुले ऐतिहासिक धरोहर, मूल्यमान्यता मेटिँदै गइरहेको उनको भनाइ छ ।

सभापति लामिछानेले देशमा लघुवित्त, सहकारीका कारण ऋणको पासोमा पुगेका नागरिकलाई ऋणमुक्त गरेर जान सहकारी, बैंक र लघुवित्तको ब्याजदर व्यवस्थित गरेर जानसके राष्ट्रिय विभूति शंखधर शाख्वाप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  ११:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro