site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
यी देशमा छ टिकटक प्रतिबन्ध, सर्वसाधारणका लागि बन्द गर्ने थोरै

काठमाडौं । सरकारले नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । टिकटकमाथि प्रतिबन्ध लगाउने मुलुकमा नेपालमात्रै भने होइन । यसअघि नै पनि विभिन्न देशहरूले टिकटकको प्रयोगमा प्रतिबन्ध लगाएका छन् ।

तीमध्ये बढीजसो देशले सरकारी डिभाइसहरूमा मात्रै टिकटको प्रयोग प्रतिबन्ध गरेका छन् । केहीले पूर्णरूपमा आमनागरिकका लागि नै पनि टिकटक प्रतिबन्ध गरेका छन् ।

कुन–कुन देशमा छ प्रतिबन्ध ?

Dabur Nepal
NIC Asia

अफगानिस्तान

अफगानिस्तानको तालिबान सरकारले सन् २०२२ मै टिकटक र अनलाइन गेम पब्जीको प्रयोगमा प्रतिबन्ध लगाएको थियो ।

अस्ट्रेलिया

अस्ट्रेलियाको संघीय सरकारले सरकारी उपकरण (मोबाइल र कम्प्युटरलगायत) मा टिकटकको प्रयोग प्रतिबन्ध गरेको छ । तर, आम सर्वसाधरणका लागि भने हैन ।

बेल्जियम

बेल्जियमले साइबर सुरक्षा, गोपनीयता र गलत सूचनाको चिन्ता व्यक्त गर्दै सरकारी स्वामित्वका उपकरणमा टिकटको प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

क्यानडा

क्यानडाले पनि सरकारी डिभाइसमा टिकटकको प्रयोग प्रतिबन्ध गरेको छ ।

डेनमार्क

डेनमार्कको रक्षा मन्त्रालयले आफ्ना कर्मचारीले प्रयोग गर्ने फोनमा टिकटक प्रयोग गर्न प्रतिबन्ध गर्न रोक लगाएको छ ।

युरोपेली संघ

युरोपेली संघ (ईयू)का तीन प्रमुख निकाय युरोपेली संसद, युरोपेली आयोग र ईयू काउन्सिलले आफ्ना कर्मचारीलाई उनीहरूका संस्थागत र व्यक्तिगत उपकरणमा टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

फ्रान्स

फ्रान्सले पनि डाटा सुरक्षाको चिन्ताका भन्दै सरकारी कर्मचारीको फोनमा टिकटक, ट्विटर र इन्स्टाग्राम जस्ता सोसल मिडिया एपको मनोरञ्जनात्मक प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

भारत

भारतले सन् २०२० मा गोपनीयता र डाटा सुरक्षा चिन्ताको कारण टिकटक र मेसेजिङ एप विच्याट जस्ता दर्जनौँ चिनियाँ एपमा सबैका लागि पूर्ण प्रतिबन्ध लगाएको थियो ।

न्युजिल्यान्ड

न्युजिल्यान्डका सांसद र संसद्का कर्मचारीलाई कामको उपकरणमा टिकटक प्रयोग गर्न प्रतिबन्ध छ ।

नर्वे

नर्वेले सरकारी कर्मचारीलाई सरकारकातर्फबाट उपलब्ध फोनमा टिकटक चलाउन प्रतिबन्ध गरिएको छ ।

ताइवान

सन् २०२२ को डिसेम्बरमा ताइवानले टिकटकमा पूर्ण प्रतिबन्ध लगाएको छ ।

बेलायत

बेलायतले सरकारी मन्त्री र निजामती कर्मचारीले प्रयोग गर्ने मोबाइल फोनमा टिकटक चलाउन रोक लगाएको छ ।

अमेरिका

अमेरिकाले सरकारी डिभाइसहरूमा टिकटकको प्रयोगमा रोक लगाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  १५:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro