site stats
बाह्रखरी :: Baahrakhari
देश
दुर्घटनामा बाबुको मृत्यु, छोरा घाइते
प्रतीकात्मक तस्बिर ।

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३, धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।

पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग१ख २९४१ नम्बरको माइक्रोले विपरीत दिशाबाट जाँदै गरेको लु४६प ४५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बाबुको मृत्यु भएको हो । मोटरसाइकल चालक छोरा भने घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

Argakhachi Cement Island Ad

मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–७, बाँसश्वाराका ५५ वर्षीय गंगाबहादुर बराली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

दुर्घटनामा घाइते गंगाबहादुरको उपचारका क्रममा शुक्रबार राति दमौली अस्पतालमा मृत्यु भएको उनले बताए ।

दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका १९ वर्षीय विशाल बराली घाइते भएका छन् । दमौली अस्पतालमा उनको उपचार भइरहेको छ । माइक्रो र चालक प्रहरी नियन्त्रणमा छन् । रासस

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  २२:३७
प्रतिक्रिया दिनुहोस्