site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अब अदालत मंसिर १ मा मात्र खुल्ने, सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणका लागि न्यायाधीश तोकियो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सर्वोच्चसहितका अदालत अब मंसिर १ गते मात्र खुल्ने भएका छन् । सर्वोच्च अदालतले सूचना प्रकाशन गरी शुक्रबारको सुनुवाइपछि एकैपटक मंसिर १ गते मात्र अदालत खुल्ने जानकारी गराएको हो ।

दीपावली पर्वका लागि यही कात्तिक २६ देखि ३० गतेसम्म सर्वोच्च अदालत बन्द रहने सूचनामा भनिएको छ । सर्वोच्च अदालतले भाइटीकाको दिनबाहेक अन्य दिनमा बन्दी प्रत्यक्षीकरणका निवेदनमा सुनवाइ हुने भन्दै हरेक दिनका लागि न्यायाधीश तोकेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सर्वोच्चले बन्दी प्रत्यक्षीकरणका निवेदनमा सुनवाइ गर्न आइतबार न्यायाधीश प्रकाशमानसिंह राउत, सोमबार सपनाप्रधान मल्ल, मंगलबार हरिप्रसाद फुयाल र बिहीबार कुमार रेग्मीलाई तोकेको छ ।

मातहतका अदालतहरूले सर्वोच्चकै सूचनाको आधारमा आआफ्ना अदालतमा बिदा दिने र बन्दी प्रत्यक्षीकरणसहितका निवेदनमा सुनुवाइ गर्न न्यायाधीश तोक्ने गर्छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १६:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय