site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
महासंघले हरित अर्थतन्त्रको प्रवर्द्धनमा काम गर्ने

काठमाडौं । हरित अर्थतन्त्रको प्रवर्द्धनमा काम गर्न नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा ग्रीनग्रोथ एडभाइजरी सर्भिस स्थापना भएको छ ।

राष्ट्रियसभामा दिगो विकास एवं सुुशासन समितिका सभापति प्रकाश पन्थ, महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र अन्तर्राष्ट्रिय श्रम संगठनका देशीय निर्देशक नुमान ओजकानले संयुक्त रूपमा बिहीबार महासंघ सचिवालयमा उक्त सर्भिसको उद्घाटन गरेका हुन् ।

ग्रीनग्रोथ एडभाइजरी सर्भिस अन्तर्राष्ट्रिय श्रम संगठनको प्राविधिक सहयोगमा स्थापना भएको हो । सर्भिसमार्फत महासंघले आर्थिक वृद्धिलाई बढावा दिँदै वातावरणीय रूपमा दिगो अभ्यासहरू अपनाउन सक्रिय रूपमा वकालत गर्नेछ ।

एडभाइजरीमार्फत औद्योगिक करिडोर, औद्योगिक क्षेत्र र ग्रामहरुमा विशेष जोड दिएर रोजगारमूलक सीप विकास, हरित रोजगारी र न्यायोचित परिवर्तनमा केन्द्रित हुँदै केन्द्र, प्रदेश र स्थानीयस्तरमा सचेतना अभियानहरू आयोजना गरिने
छ ।

हरित अर्थतन्त्रलाई प्रवर्द्धन गर्न रणनीति र कार्य योजनाहरूको विकासमा सहयोग गर्ने कार्यमा पनि एडभाइजरीले पहल गर्नेछ । हरित बृद्धिको महत्व र केन्द्रीय, प्रदेश र स्थानीय स्तरमा वकालत र प्रगति मापन गर्न मेट्रिक्स र सूचकहरू स्थापना गरी हरित वृद्धिको कार्यान्वयन सुनिश्चित गर्न नियामक मार्गदर्शन पनि गर्ने छ ।

हरित वृद्धिसँग सम्बन्धित ज्ञान, प्रविधि र उत्कृष्ट अभ्यासहरू आदानप्रदान गर्न एवं सरोकारवाला निकायहरुसँगको सहकार्यमा पनि एडभाइजरीले काम गर्नेछ । यसको प्रभावकारी संचालनका लागि महासंघ, नेपाल सरकार, विश्व विद्यालय, ट्रेड यूनियन, आईएलओ र यस क्षेत्रका विज्ञहरु रहेको एक एडभाइजरी सर्भिस गठन गरिएको छ ।

एडभाइजरी प्रारम्भ कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष पन्थीले महासंघले नेपाली उद्योग व्यवसायलाई हरित वृद्धिको अवधारणातर्फ लैजान थालनी गरेको प्रयासको सराहना गरे ।

प्रारम्भमा यस्ता कार्यको थालनी गर्नुनै निकै स्वागतयोग्य भएको भन्दै महासंघको यो प्रयासलाई विस्तारै अगाडि बढाउन सरकारको पनि सहयोग आवश्यक रहेको बताए ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाली व्यवसाय र उद्योगहरूमा हरित वृद्धि अभ्यासहरू अंगाल्दा वातावरण र समाजलाई मात्र फाइदा नपुुगी आर्थिक वृद्धि, बजार प्रतिस्पर्धा र दीर्घकालीन दिगोपनका लागि अवसरहरू पनि सृजना हुने दाबी गरे । महासंघले यसलाई अभियानको रूपमा अगाडि बढाउने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  २३:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro