site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गाजामा ‘मानवीय सहायताका लागि युद्धविराम’ को दबाब

पेरिस । अक्टोबरमा हमासको आक्रमणपछि प्यालेस्टाइनी भूभागमा इजरायलले बमबारी जारी राखेकाले ‘युद्धविरामका लागि काम गर्न’ उनीहरूलाई मानवीय सहायताका लागि युद्धविराम’को आह्वान गरेको छ । फ्रान्सले गाजाका लागि मानवीय सहायतासम्बन्धी एक सम्मेलनको आयोजना गरी आह्वान गरेको हो ।

राष्ट्रपति इमानुएल म्याक्रोनले पेरिसमा प्रतिनिधिहरूलाई भने, “तत्कालका लागि हामीले नागरिकको सुरक्षाका लागि काम गर्न आवश्यक छ । यसका लागि हामीले चाँडै मानवीय विरामको आवश्यकता छ र हामीले युद्धविरामको दिशामा काम गर्नै पर्छ ।”

हमासको नियनत्रणमा रहेको गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै इजरायलको सैन्य अभियानले १० हजार ८०० भन्दा बढीको मृत्यु भएको र करिब २७ हजारभन्दा बढी घाइते भएको जनाएको छ ।

Dabur Nepal
NIC Asia

गत अक्टोबर ७ मा गाजाबाट इजरायल प्रवेश गरेका हमास लडाकु समूहले एक हजार ४०० भन्दा बढी व्यक्तिको हत्या गर्नुका साथै करिब २४० जनालाई बन्धक बनाएको इजरायली अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रियामा हमासलाई नष्ट गर्ने प्रतिज्ञा गर्दै इजरायलले ठूलो, निरन्तर बमबारी र जमीनी आक्रमणको साथ जवाफी हमला गर्दै आएको छ । दसौँ हजार सर्वसाधारण गाजा पट्टीको दक्षिणतर्फ भागेका छन् ।

गाजाको नागरिक मामिला हेर्ने इजरायली सैन्य अधिकारी मोशे टेट्रोले बिहीबार भने, “गाजा पट्टीको नागरिक अवस्था सजिलो छैन, तर राज्यले कुनै मानवीय संकट देखेको छैन ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बुधबार ‘हाम्रा बन्धकहरूको रिहाई बिना युद्धविराम हुन नसक्ने’ बताएका छन् ।

म्याक्रोँंले भने, “लडाइँ जारी रहँदा दिन प्रतिदिन मानवीय अवस्था झन् झन् बिग्रँदै गएको छ ।” नोभेम्बर १० र ११ मा हुने वार्षिक पेरिस शान्ति मञ्चको अवसरमा बिहीबारको सहायता सम्मेलन आयोजना गरिएको थियो ।

धेरै युरोपेली देशहरू, इजिप्ट र प्यालेस्टिनी प्रतिनिधिहरू र धेरै सहायता समूहहरूको सहभागिता भए तापनि अरब संसारका कुनै पनि सरकार प्रमुखहरू उपस्थित भएनन् । रासस/एएफपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  २३:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro