site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
बालबालिकाहरूका लागि ‘म प्रधानमन्त्री बन्न सक्छु ?’ पुस्तक प्रकाशित
Sarbottam CementSarbottam Cement

काठमाडौं । सांग्रिला मिडिया ग्रुपले बालबालिकालाई नेपालका प्रधानमन्त्रीको भूमिकाबारे जानकारी दिने उद्देश्यले ‘म प्रधानमन्त्री बन्न सक्छु ?’ पुस्तक प्रकाशनमा ल्याएको छ ।

प्रकाशित पुस्तकमा बालबालिकालाई तिनका अधिकार र कर्तव्य बुझाउँदै नेपालमा प्रधानमन्त्रीको चयनदेखि प्रधानमन्त्री कहाँ बस्छन् र के काम गर्छन्, प्रधानमन्त्रीको तलब जस्ता विषयहरू समेटिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

किताबले संघीय व्यवस्था, लोकतन्त्रका लागि भएका आन्दोलन, राज्यका अंगहरू, संसद् र सांसदको काम, संविधान, नागरिकप्रतिको जवाफदेहिता लगायतका विषयमा सरल भाषामा जानकारी दिने जनाइएको छ ।

प्राथमिक तहका बालबालिकाहरूका लागि प्रकाशित यस कृतिलाई भूमि घिमिरे र कर्मा तामाङले लेखेका हुन् । यसको सम्पादन आन्विका गिरीले गरेकी हुन् भने अनामिका गौतमले यसमा चित्र बनाएकी हुन् ।

Global Ime bank

अभिभावक तथा शिक्षकको सहयोगले पूर्वप्राथमिक तहका बालिबालिकाले समेत यस पुस्तकबाट लाभ लिन सक्ने जनाइएको छ ।

लेखक घिमिरेले सामन्ती सोचबाट नेपाली समाज गुज्रिरहेकाले सरकारलाई प्रश्न गर्ने, जवाफदेही बनाउने र बालबालिकालाई स्वतन्त्र राजनीतिको चेत हुने संस्कृति बसोस् भन्ने उद्देश्यले यो पुस्तक लेखेको बताउँछिन् ।

अर्की लेखक तामाङ बालबालिकालाई सानै उमेरदेखि नै राजनीति र समाजबारे सुसूचित गराउन आफूले यो पुस्तक लेखेको बताउँछिन् ।

रंगीन चित्रहरू समेत रहेको यस पुस्तकको मूल्य ५०० रुपैयाँ राखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  २०:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय