site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लगातार तीन दिन बढेर घट्यो नेप्से, ८३ करोड ६० लाखको सेयर कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार घटेर बन्द भएको छ । बिहीबार नेप्से परिसूचक ११.८५ अंकले घटेर बन्द भएको हो । सेयर बजार पछिल्ला तीन दिन लगातार बढेको थियो ।

बिहीबार नेप्से परिसूचक ०.६३ प्रतिशतले घटेर १८५२.०८ विन्दुमा बन्द भएको छ । बुधबार नेप्से ५.१७ अंकले बढेर बन्द भएको थियो ।

आज ८३ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार ७८ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

सर्वाधिक सेयर मूल्यवृद्धि सयपत्री हाइड्रोपावरको भएको छ । यो कम्पनीको सेयर मूल्य ६.९६ प्रतिशतले बढेर प्रतिकित्ता ५०७ रुपैयाँ कायम भएको छ ।

सर्वाधिक सेयर मूल्य घट्नेमा माउन्टेन इनर्जी नेपाल लिमिटेड छ । यो कम्पनीको सेयर मूल्य ६.४३ प्रतिशतले घटेर प्रतिकित्ता ७३८ रुपैयाँ कायम भएको छ ।

सोनापुर मिनेरल्स एन्ड आयल लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यो कम्पनीको सात करोड आठ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । अन्य समूहको परिसूचक सबैभन्दा बढी घटेको छ । यो समूहको परिसूचक १.५५ प्रतिशतले घटेको छ ।

यस दिन २८२ धितोपत्रका २८ लाख ३३ हजार ७३१ कित्ता खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १५:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro