site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
विमानस्थलमा जहाजको चाप– अन्तर्राष्ट्रिय दैनिक सय बढी र आन्तरिकतर्फ २८० सम्म
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल (टीआईए)मा उडान–अवतरण चाप बढेको छ । दसैँयता अन्तर्राष्ट्रिय उडान/अवतरण दैनिक औसतमा एक सय उडान भइरहेको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।

प्रवक्ता झाका अनुसार, आन्तरिकतिर दैनिक औसतमा २७५ देखि २८० उडान/अवतवरण हुन्छन् । रोजगारी वा अध्ययनका लागि विदेशमा गएका नेपालीहरु दसैँ, तिहार, छठ लगायतका पर्व मनाउन फर्किने र पर्यटकीय सिजनका कारण उडान संख्या बढेको प्रवक्ता झा बताउँछन् । 

उडानका संख्या बढेसँगै एयर ट्राफिकमा पनि चाप बढेको छ । जसले गर्दा केहिलेकाहीँ उडान/अवतरणमा ‘डिले’ हुने प्रवक्ता झाले बताए । यसवर्ष अन्तर्राष्ट्रिय र आन्तरिक गरी दुवैतिर उडान संख्याले रेकर्ड तोडेको छ । यसअघि सिजनको समयमा अन्तर्राष्ट्रियतिर औसतमा ८०/८५ र आन्तरिकतिर २३०/२४० उडान/अवतरण हुने गरेको थियो । पछिल्लो समय हवाईमार्ग हुँदै यात्रा गर्ने यात्रु बढेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिलेका २० सिटे क्षमताका जहाज थिए । तर, पछिल्लो समय ७२ सिटे जहाजहरुले उडान भरिरहेका छन् ।  “पहिले १८, २० सिटे जहाज हुन्थ्ये । धेरैजसो ७२ सिटे जहाज छन् । फ्लाइट संख्या कम हुँदा पनि यात्रुको संख्या बढेको छ,” प्रवक्ता झाले भने, “त्यहीमाथि फ्लाइट संख्यामा पनि उल्लेखनीय वृद्धि हुँदा हवाई मार्ग हुँदै यात्रा गर्ने यात्रुको संख्या बढेको छ ।”

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३१ वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्दै आइरहेका छन् । आन्तरिकतिर १२ हेलिकोप्टर कम्पनीसहित २० वायुसेवा कम्पनीले उडान गर्दै आइरहेका छन् । 

Global Ime bank

नयाँ रेकर्ड

कोरोना महामारीको लकडाउन हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा उडान ठप्प बनेको थियो । त्यसपछि उद्धारका लागि भनी २/४ वटा उडानबाट सुरु भयो । लकडाउन खुलेपछि विस्तारै नियमित उडान सुरु भएको थियो । 

विमानस्थलमा यसवर्ष उडा संख्याले नयाँ रेडर्कले राखेको छ । गत असोज ३० गते एक दिनमा ११४ वटा उडान/अवतरण भएका थिए । यो संख्या विमानस्थलको इतिहासकै सबभन्दा धेरै उडान/अतवरण भएको विमानस्थलका अधिकारीहरु बताउँछन् ।

कोरोना महामारीअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिजनको समयमा सबैभन्दा एक सयसम्म पुग्ने गरेको थियो । 

व्यवसायी भन्छन् : ओहोर–दोहोर राम्रो छ 

आन्तरिक उडानमा ६० प्रतिशत बढी हिस्सा लिन सफल भएको बुद्ध एयरले दैनिक ओहोर–दोहोर गरी १६० वटा उडान गरिरहेको प्रवक्ता दिपेन्द्र कर्णले जानकारी दिए । चाडबाड र पर्यटकीय सिजन भएको कारण उडानमा चाप बढेको प्रवक्ता कर्णले बताउछन् ।

दसैँमा हालसम्मकै धेरै यात्रु बोकी नयाँ रेकर्ड कायम भएको उल्लेख गर्दै कर्णले तिहारमा यात्रु संख्या कम भए पनि पर्यटकीय सिजन भएकाले यात्रु चाप भने उत्तिकै रहेको जानकारी दिए ।

“दसैँमा हामीले एक दिनमा १० हजार बढी यात्रु उडाएर नयाँ रेकर्ड बनाएको छ । दैनिक नौ हजारको हाराहारीमा यात्रु उडायौं । दसैँको तुलनामा तिहारमा उडानको चाप अलि कम हुन्छ होला । तर, पर्यटकीय सिजनले गर्दा यात्रुको चाप भने राम्रो छ,” कर्णले भने ।

यता श्री एयरका प्रवक्ता अनिल मानन्धरले चाडबाडले गर्दा उडान बढेको बताउँछन् । हाल नेपाल नागरिक उड्डयन प्राधिकरणबाट दैनिक १९ वटा उडान अनुमति लिएको दैनिक १८/१९ वटा उडान भर्न सफल भएको मानन्धरले बताए । 

“हामीले नियमित १७/१८ वटा उडान गर्दै आइरहेका छौँ । कहिलेकाहीँ १९ वटा उडानसम्म उडान हुने गरेको छ । चाडबाडको समयमा यात्रुको चहलपहल बढ्छ । तिहार सकिएसँगै घट्छ,” मानन्धरले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १५:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement