राजनीति
काठमाडौं । सरकारले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे विज्ञ समूहले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई निर्देशन दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट यस्तो निर्देशन दिइएको हो ।
“निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको काम लामो समयदेखि अवरुद्ध थियो । यस सम्बन्धमा सुझाव दिन गठित विज्ञ समूहको प्रतिवेदन कार्यान्वयनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ,” सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८० १३:४९
प्रतिक्रिया दिनुहोस्