site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मधेस सरकारको चेतावनी– ३० दिनभित्र प्रहरी समायोजन नभए संघविरुद्ध आन्दोलन गर्छौं
Tiktok banner adTiktok banner ad

काठमाडौं । मधेस प्रदेश सरकारले प्रहरी समायोजन गर्नका लागि संघीय सरकारलाई ३० दिनको समय सीमा दिएको छ । बुधबार मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै ३० दिनभित्र प्रहरी समायोजन गर्न माग राखेर भोलि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागिएको जानकारी दिए ।

उनले प्रहरी प्रशासन प्रदेश सरकार मातहतमा नआउँदा काम गर्न अप्ठेरो भएको बताए ।

उनले संघीय सरकारलाई प्रहरी समायोजन गर्नका लागि ३० दिनको समय सिमा दिइने र सो समयमा पनि समायोजन नभएमा चरणबद्ध आन्दोलन गर्ने बताए ।

"प्रहरी प्रशासन अहिलेसम्म हाम्रो मातहतमा आएको छैन । जबकि संघले पनि प्रहरी ऐन बनाइसकेको छ । तर कार्यान्वयनमा आएको छैन । यस्तै निजामती ऐन लगायतका धेरै विषयहरू छन् । प्रदेशलाई हस्तान्तरण गरिएको छैन । जुन कारणले प्रदेश सरकारलाई काम गर्न अप्ठेरो छ । दबाब दिनको लागि ज्ञापन पत्र बुझाउँछौँ । ३० दिनको समय दिएर । ३० दिनभित्र कार्यान्वयन पक्षमा केन्द्र सरकार गएन भने हामी चरणबद्ध आन्दोलनतिर लाग्छौँ," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १८:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro