site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्से २१.३० अंकले बढ्यो, सबै उपसमूह हरियाली 

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबार नेप्से २१.३० अंकले बढेर १८४७.५४ को विन्दुमा पुगेको छ ।

यस दिन २८३ धितोपत्रको ३५ लाख ५५ हजार ६७० कित्ता सेयर ९३ करोड ८९ लाख २९ हजार ४० रुपैयाँमा किनबेच भएको छ । सेन्सेटिभ इन्डेक्स पनि ०.९४ प्रतिशतले बढेर ३५५.७३ को विन्दु कायम भएको छ । 

आज सबै उपसमूहको समूहगत सूचकमा हरियाली देखिएको छ । १३ वटा उपसमूहमध्ये सर्वाधिक होटेल तथा पर्यटन उपसमूहको समूहगत सूचक सर्वाधिक ३.७३ प्रतिशतले बढेको छ ।

हाथवे इन्भेसमेन्ट नेपालको सेयर मूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ४.२८ प्रतिशतले घटेको छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १५:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro