देश
काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले भूकम्पपीडितलाई एक करोड रुपैयाँ राहत सहयोग गर्ने निर्णय गरेको छ ।
जाजरकोट तथा पश्चिम रुकुमका भूकम्पपीडितलाई सहयोग स्वरुप प्राधिकरणको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको क्यानका प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले राससलाई जानकारी दिए ।
प्राधिकरणले भूकम्पपीडितलाई सहयोगस्वरूप एक करोड रुपैयाँ सहयोग गर्ने र नेपालगञ्ज, सुर्खेत, रुकुम सल्ले तथा चौरजहारी विमानस्थलबाट राहतका लागि प्रयोग हुने विमानको शुल्कमा शतप्रतिशत छुट दिने निर्णय पनि गरेको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८० २२:४८
प्रतिक्रिया दिनुहोस्